Breaking News.... EverestOnlineKhabar
April 20, 2026

सरकारले क्वारेन्टाइनमा राख्न सक्दैन, आफैं क्वारेन्टाइनमा बस्नुपर्छ ः स्वास्थ्यमन्त्री ढकाल

Loading

२०७६ फागुन २७, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको आशंकामा चीनको वुहानबाट उद्धार गरेकालाई जस्तो अरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको जोखिम भएका अन्य देशबाट उद्धार गरेर सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताएका हुन् । ‘क्वारेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं ।

अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुर्पयो’ उनले भने । मन्त्री ढकालले अगाडि भने ‘दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिहालिन्छ, कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं ।’

कोरोना संक्रमण भएपछिमात्र राज्यको जिम्मा

सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने मन्त्री ढकालले बताए । ‘ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुर्पयो भने त्यसको जिम्मा राज्यले लिन्छ । क्वारेन्टाइनमा बस्ने कुराका लागि भने हामीले पहिलेको भन्दा प्रोटोकल चेन्ज गरेका छौं’ उनले भने । सरकारले ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने मन्त्री ढकालको भनाइ छ ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँछ । नेपाल फर्केर १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउने मन्त्री ढकालले बताए । युवा संघले सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यमको सूचनाले भ्रम सिर्जना गरेको भन्दै सरकारले आधिकिारिक सूचना दिने व्यवस्था गर्नुपर्ने बताएको छ । संंक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न पनि संघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed