Breaking News.... EverestOnlineKhabar
April 20, 2026

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ४ गम्भीर

Loading

२०७६ फागुन २५, बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट १२५७ नंको जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले भटनाको पुष्टि गर्दै जिप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडालको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed