Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कोरोना प्रभाव ः ‘म यस्तो गीत गाउँछु २’को प्रर्दशन मिति र्सयो

Loading

२०७६ फागुन २३, काठमाडौं । कोरोना भइरसको त्रासका कारण चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले आफ्नो प्रदर्शन पछाडि सारेको छ । फागुन ३० गते रिलिज हुने भनिएको यस चलचित्र अनिश्चित समयको लागि पछाडि सारिएको हो । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण पक्षले चलचित्रलाई पछाडि सारेको उल्लेख गरेको छ । विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल सरकार र जिल्ला प्रशासनले मेला–महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गरिसकेको छ । चलचित्र निर्माता संघले पनि चलचित्रको छायांकन रोक्न आग्रह गरिसकेको अवस्थामा हामीले आम मानिसको स्वस्थ्यलाई ध्यानमा राखेर चलचित्रलाई पछाडि सार्ने निधो गरेका छौँ ।’

नेपाल सरकारको नयाँ सुचना नआएसम्मको लागि चलचित्रको प्रदर्शन स्थागित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा चलचित्रलाई कुरेर बसेका दर्शकसँग माफी पनि मागिएको छ । त्यहाँ लेखिएको छ, ‘हाम्रो चलचित्रको पर्खाई अझ लामो हुन गाएकोमा हामी क्षमाप्रार्थी छौँ । आम मानिसको साथ र माया हाम्रो चलचित्रलाई उस्तै रहनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ सुदर्शन थापा निर्देशित म यस्तो गीत गाउँछु २ मा पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.