Breaking News.... EverestOnlineKhabar
April 20, 2026

होली लगायतका कार्यक्रम नगर्न र सहभागी नहुन जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

Loading

२०७६ फागुन २२, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली लगायतका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ । विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सतर्कता अपनाउँदै प्रशासन कार्यालयले सो अनुरोध गरेको हो । कार्यालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, (होलीलगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।’ नेपाल सरकारले यसअघि नै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed