Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर तीन हजार नाघेको छ । चीनमा थप ४२ जनाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएपछि कोरोनाकै कारण मृत्यु हुनेको संख्या विश्वभरमा तीन हजार नाघेको हो । मृत्यु हुनेमा ९० प्रतिशत भन्दा बढी चीनको हुबेइ प्रान्तका छन् । हुबेइको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । चीन बाहेक अरु १० देशमा पनि कोरोनाका कारण मानिसको मृत्यु भएको छ ।

अमेरिकामा दुईजनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । विश्वका कम्तिमा ५७ देशमा कोरोनाको संक्रमण फैलिएको छ । चीन बाहिर इरान र इटालीमा कोरोनाका कारण सबैभन्दा धेरैको मृत्यु भएको छ । इरानमा ५० जना भन्दा बढी तथा इटालीमा ३० जना भन्दा बढीको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म झण्डै ९० हजारजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । अहिले चीनबाहिरका देशमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमित भएका मध्ये दुईदेखि पाँच प्रतिशत मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed