![]()
२०७६ फागुन १८, काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दैछ । बैठक बिहान साढे ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ । बैठकमा राष्ट्रियसभामा वामदेवलाई राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गर्ने विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच उत्पन्न विवादबारे छलफल हुनेछ ।
प्रचण्डसहितका नेताहरु वामदेवलाई नै मनोनयनका लागि सिफारिस गर्नु पर्ने पक्षमा छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् । यसले गर्दा नेकपा भित्र अध्यक्ष तहमै गम्भीर मतभेद देखिएको छ । सचिवालय बैठकमा यहि विषयमा छलफल केन्द्रित हुनेछ ।


