Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १६, लमजुङ – लमजुङको बेसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पताल लमजुङले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने भएको हो । अस्पताल प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले अस्पतालले पत्रकारलाई बहिरङ्गको ल्याब र एक्सरे र टिकटमा मात्र ५० प्रतिशत छुट दिने बताए । अस्पतालमा पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा सदस्य रहेका ५७ जना र यसबाहेक अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार लाभान्वित हुने शाखा अध्यक्ष आश गुरुङले बताए ।

जिल्लाकै ठूलो ६० शै्या रहेको यस अस्पताल आगामी वर्ष १०० शै्याको बनाउने, नर्सिङ कलेज सञ्चालन गर्ने, आमा घर निर्माण गर्ने, कर्मचारी आवास निर्माण गर्ने लक्ष्य अस्पतालको रहेको छ । त्यस्तै प्राइभेट वार्ड सञ्चालन गर्ने, डाइलेसिस सेवा सञ्चालन गर्ने, मोतियाविन्दुको शल्यक्रिया, अक्सिजन पाइपलाइन व्यवस्था गर्ने योजनाका साथ अघि बढ्न लागेको अस्पतालका प्रमुख श्रेष्ठले बताए । अस्पतालमा आर्थिक वर्ष २०७६र७७ को साउनदेखि पुस महिनासम्ममा बहिरङ्ग सेवा लिने सङ्ख्या ३४ हजार, ५५९ जना, आकस्मिक सेवातर्फ पाँच हजार १४६ जना, अन्तरङ्ग सेवातर्फ दुई हजार २८२ जना नागरिक तथा बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । करिब ३२ लाख १३ हजार ९५५ बराबरको निःशुल्क सेवा गरिएको अस्पताल प्रकासकीय प्रमुख श्रेष्ठले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed