Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १४, गोरखा । कार्यालयसम्बन्धी काममा प्रयोग गर्न सरकारी ढुकुटीबाट खरिद गरिएको मोटरसाइकल सिक्ने काममा दुरुपयोग गरेको पाइएको छ । सरकारी कार्यालयको स्वामित्वमा रहेको ग १ ब ५०१ नम्बरको सेतो नम्बर प्लेटको मोटरसाइकल गत मंगलबार दिनभरि हरमटारीस्थित रङ्गशालामा सिकिरहेको फेला परेको हो । सो मोटरसाइकल कुन सरकारी कार्यालयको हो भन्ने बारे भने खुल्न सकेको छैन । सवारी साधन चलाउन प्रतिबन्धित खेलमैदानमा बिनाहेलमेट एकजनाले दिनभरि सरकारी मोटरसाइकल सिकेको स्थानीयले जानकारी दिए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सरकारी काममा प्रयोग गर्नुपर्ने मोटरसाइकल सिक्ने काममा प्रयोग गरिएकाले सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed