Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १४, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् । विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ । कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१।८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed