![]()
२०७६ फागुन १३, काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले आज उक्त प्रतिवेदन सभामा पेश गरेकी हुन् । त्यसअघि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाएका थिए । रासस


