![]()
२०७६ फागुन १२, भक्तपुर । भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई ट्रकले ठक्करदिँदा गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणी जाँदै गरेको बा ३ क ३५८८ नम्बरको ट्रकले पैदल यात्री मकाजुलाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटना गराउने सवारी साधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भएका २६ वर्षीय शुरेश मगरलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।


