![]()
२०७६ फागुन १२, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीबाट झण्डै २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ । भारतीय सीमा जोडिएको यस गाउँपालिकाको गाउँमा गएराति आएका चोरको समूहले स्थानीयको घरबाट धनमाल चोरी गरेको स्थानीयबासी अशोककुमार यादवले जानकारी दिए ।
नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको जनाइएको छ । स्थानीय अशोककुमार यादवले भने, ‘राति कतिबेला कतिको सङ्ख्यामा चोर आएका थिए, कसैले थाहा पाएनन्, बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए ।’ इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केसरीले चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिए ।


