Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ फागुन ११, दाङ । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए । “हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ”, उनले भने, “यसले किसानलाई धेरै सहजता ल्याउँछ ।” ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पु¥याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ । एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed