Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ०७, जुम्ला । चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ । जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब रु १६ लाख ५९ हजार ६४७ राजश्व सङ्कलन भएको छ । काठबाट रु चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा विभिन्न प्रकारका जडीबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएकोे तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed