Breaking News.... EverestOnlineKhabar
June 5, 2026

रेष्टोरेन्टमा आगलागी हुँदा ४५ लाख बराबरको क्षती

Loading

२०७६ फागुन ०६, काठमाडौं । काठमाडौंको एक रेष्टोरेन्टमा आगलागी भएको छ । बत्तिसपुतलिमा रहेको तृप्त रेष्ट्रोमा फागुन २ गते राती आगलागी भएको हो । फागुन २ गते राती करिब साढे १२ बजे आगलागी भएको रेष्ट्रोका संचालक सरोज बर्तौलाले जानकारी दिए । आगलागी आधा घण्टामा नियन्त्रणमा आएको थियो । सोफा, साउडसिष्टम, सोकेस, प्रोजेक्टर, लाइटिङ, टेबल कुर्सि लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट ४५ लाख बराबरको क्षती भएको बर्तौलाले बताए ।

सिसिटिभी रेकडर, प्रिन्टर मेसिन हराएकाले आगलागी सुनियोजित भएको आशंका गरिएको सञ्चालक बर्तौलाले बताएका छन् । घटना घटाएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed