![]()
२०७६ फाल्गुन ५, काठमाडौं । थाइल्याण्डमा हुने एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग परेको हो । प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।


