Breaking News.... EverestOnlineKhabar
June 5, 2026

उत्तर कोरियामा कोरोना भाइरसका बिरामीलाई मृत्युदण्ड

Loading

उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले जनाएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको हो । ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ । स्रोतका अनुसार ती अधिकारीलाई चीनबाट फिर्ता आएपछि एकान्तमा राखिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ्ग ऊनले जारी गरेको क्वारेन्टाइनबाट कुनै अनुमती बिना बाहिर निस्कन नपाउने आदेशलाई उनले नटेरी बाहिर निस्किएको बताइन्छ । उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन । स्रोतले बताए अनुसार उक्त देशमा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed