Breaking News.... EverestOnlineKhabar
April 20, 2026

पूर्व सांसदले मापसे गरी चलाएको कारले ठक्कर दिँदा पैदल यात्रु गम्भीर घाइते

Loading

२०७६ फागुन ०५, घोराही– नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद गेहेन्द्र गिरीले मादक पदार्थ सेवन गरी चलाएको कारले ठक्कर दिँदा एकजना पैदल यात्रु गम्भीर घाइते भएका छन् । दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने स्थानमा गिरीले चलाउँदै गरेको बा २० च २२३९ नम्बरको कारले आइतबार साँझ पैदल यात्रुलाई ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार गिरीको कारले ठक्कर दिएर गम्भीर घाइते हुने पैद यात्रुमा कैलालीको धनगढी घर भइ दाङको लमही क्षेत्रमा बस्दै आएका ३५ वर्षीय रकमबहादुर विक छन् ।

घाइते विकको टाउको र घुँडामा चोट लागेको छ । लमही अस्पतालमा प्रारम्भिक उपचार पछि विकलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने कार र कारका चालक पूर्व सांसद गिरीलाई नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका क्रममा पूर्व सांसद गिरीले मदिरा सेवन गरेको भेटिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed