![]()
२०७६ फागनु ०५, काठमाडौँ । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।


