Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७६ फागुन ०२, विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षिय प्रबल गिरी बिहीबार मृत भेटिएका थिए । अत्याधिक मादक पदार्थ सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । शवको मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । शुक्रबार लेटाङ १ धोबीघाटका ६४ वर्षीय बलबहादुर लामिछाने मगर मृत भेटिएका छन् । पाँचथरे खोलामा उनको शव भेटिएको हो । दुबै घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.