Breaking News.... EverestOnlineKhabar
April 20, 2026

‘सम्झना बिर्सना’ फिल्मको प्रर्दशन मिति घोषणा

Loading

निमेष प्रधान निर्देशित लभस्टोरी जनरामा निर्मित फिल्म ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ । पोस्टरमा पूजा घोडामा सवार छिन् । भने, आकाशले घोडालाई र्डोयाइरहेका छन् । फर्स्टलुक पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ‘सम्झना बिर्सना’ आउँदो वर्ष २०७७ को जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको हो ।

सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् । निर्देशक निमेषले युवा पुस्तालाई लक्षित गरेर फिल्म बनाएको बताए । यो उनको डेब्यू निर्देशित फिल्म हो । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले चौथौ पटक सहकार्य गरेको फिल्म हो, ‘सम्झना बिर्सना’ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ पछि उनीहरुले लगातार सँगै फिल्म गरिरहेका छन् । पछिल्लो पटक उनीहरु ‘पोइ र्पयो काले’ मा देखिएका थिए । अर्को वर्षको तिजमा यो जोडीले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed