Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ माघ २३, काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा मच्छिन्द्र क्लबले शानदार जित दर्ता गरेको छ । १० औँ चरणको खेल अन्तर्गत एन्फा कम्पलेक्समा भएको खेलमा मच्छिन्द्र क्लबले सरस्वती क्लबलाई ६–१ ले पराजित गरेको हो । मच्छिन्द्रका लागि दीपक राई दुई तथा देवेन्द्र तामाङ, विशाल राई, सोमिडे एडिलेजा र एन्ड्रेस नियाले एक–एक गोल गरे । पुछारमा रहेको सरस्वतीका लागि कजिम बुसारीले एक गोल फर्काएका हुन् । मच्छिन्द्रको जित जारी लिगकै फराकिलो जित हो । यसअघि न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लबले सरस्वती क्लबलाई नै चार गोलको अन्तरले हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed