![]()
२०७६ माघ २३, बैतडी । दार्चुलामा टिपर ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । गोकुलेश्वरबाट बलाँच तर्फ गईरहेको बा १३ च २०४१ नम्बरको टिपरले विद्यालय जाँदै गरेका महरलाई किचेको हो । दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरुले अहिले सडक बन्द गराएका स्थानीय सुरेश विष्टले जानकारी दिए । टिपर चालक शेरबहादुर पुन मगर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलमा खटिएका प्रहरी हवलदार रामसिंह धामीले जानकारी दिए ।


