![]()
२०७६ माघ २२, दाङ – इलाका प्रहरी कार्यालय गढवाले ७० क्यूफिट सालको काठ बरामद गरेको छ । प्रहरीले बुधबार राति करिब एक बजे राजपुर गाउँपालिका वडा नम्बर १ माररिखोला बुकीडाँडा सामुदायिक वनबाट सालको काठ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिए । अवैध रुपमा काठ कटानी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । बरामद गरिएको काठ कसको हो, त्यो बारे थप अनुसन्धान भैरहेको छ । काठको मुचुल्का बनाई डिभिजन वन कार्यालय देउखुरी लमहीलाई बुझाउने तयारी भइरहेको छ ।


