Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २०, काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय सानो र्भयाङ, स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत पौडेल र सेवाग्राही दीपक खतिवडालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । पौडेललाई सेवाग्राही दीपकसँग १३ हजार रुपैयाँ घुस लिँदै गर्दा टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । पौडेललाई सवारी कर र प्रदूषणबापतको रकम तिर्नका लागि सेवाग्राही दीपकले १३ हजार घुस दिएका थिए । उनीहरू दुवैजनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed