Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १५, काठमाडौं – लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन । बिदेश मन्त्री एसलवर्नले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका छन । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम आयोजना हुनेछ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने बिहीबार मात्र भेटघाट गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed