Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १५, मकवानपुर — तीन जना गाँजा तस्करलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । हेटौंडा–११, थानार्भयाङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । बुधबार बिहान १ बजेतिर हेटौंडा–११ मा उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन् । पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन् । त्यस कारबाट करिब ३० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed