Breaking News.... EverestOnlineKhabar
June 13, 2026

Loading

२०७६ माघ १४, सुर्खेत – सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको मृत्यु भएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । सिंहका आफन्तले अहिले जुम्ला सडकको यरिचोक र गौतम चोकमा आक्रोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed