Breaking News.... EverestOnlineKhabar
April 20, 2026

गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भइन्

Loading

२०७६ माघ १३, काठमाडौँ – प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग लागेकी गायिका आस्था राउत परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी छन् । गायिका राउत परिवारका सदस्यसहित सोमबार बिहान महानगरीय प्रहरी परिषर काठमाडौँ, टेकुमा उपस्थित भएकी हुन् । उनीविरुद्धको अभियोगमाथिको छानबिन अब प्रक्रियागत रुपमा अघि बढ्ने प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । गायिका आस्था राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन् ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न प्रहरीलाई यसअघि नै अनुमति दिएको थियो । ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी थिइन् । विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै दुई हप्ताअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो । लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो । राउतले ड्युटीमा खटिएका प्रहरीले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छन् । यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed