![]()
२०७६ माघ १२, काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा चयन भएका छन् । सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले सभामुखमा सापकोटा निर्विरोध चयन भएको घोषणा गरे । पूर्वसभामुख तथा नेकपामा नेता सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने नेकपा नेताहरु देव गुरुङ, ओनसरी घर्ती र राजपाका नेता लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।


