Breaking News.... EverestOnlineKhabar
April 20, 2026

बाढी र पहिरोमा परी ब्राजिलमा ३० को मृत्यु, ३५ सयलाई सुरक्षित स्थान र्पुयाइयो

Loading

दक्षिणपूर्वी ब्राजिलमा पछिल्लो दुई दिनदेखि जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् । राहत र उद्दारकार्यमा जुटेका नागरिक सुरक्षा दलका अनुसार मिनास गैरेस राज्यमा भारी वर्षापछि साढे तीन हजार व्यक्तिलाई सुरक्षित स्थानमा र्पयाइएको छ । सुरुवातमा मृत्यु हुनेको संख्या ११ थियो । तर शनिबार यो आँकडा बढेको छ । धेरैजसो मृत्यु राजधानी बेलो हरिजोन्टेमा भयो । मौसम विभागका अनुसार यो शहरमा शुक्रबार पछिल्लो १ सय १० वर्षको वर्षाको रेकर्ड तोडेको छ । यहाँ पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसपछि पहिरोमा थुप्रै भवन भत्किएका छन् । यसमा पुरिँदा धेरैको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed