![]()
२०७६ माघ ०८, काठमाडौं । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै पैसा लिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलोर्भयाङ, स्वयम्भूमा सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराइदिने भनी दुई हजार लिने व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाजुरा जुगाडा गाउँपालिका–६ घर भई ठूलोर्भयाङ बस्ने वर्ष २५ वर्षीय मानबहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्ने ३८ वर्षीय गणेश गुरुङ रहेका छन् । उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा बुझाइएको प्रहरीले जनाएको छ ।


