Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ ०८, जनकपुरधाम । व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन् । बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । भारतीय बजार लदनियाँबाट समान ल्याउन मद्दत गरिदिने भन्दै यादवले व्यापारीसंग घुस लिएको बताइएको छ । अख्तियारको टोलीले यादवलाई बर्दिबास कार्यालय लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed