Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ माघ ०६, काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमबार(आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो । समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले माघ १२ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको बताए । उनले भने ‘सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ ।’

सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ । सभामुखका लागि सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने आजै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छिन् । एकै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed