Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०५, डोटी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताए । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले भने, ‘छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, ज्यान जाने प्रथा किन मान्ने ?’

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुने बताए । उनले भने, ‘एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।’ एमसीसीबारे बहस हुनु राम्रो भए पनि विवाद देखाउनु अनुचित भएको उनको भनाइ थियो । मन्त्री गुरुङ छाउपडी प्रथाको बारेमा बुझ्न आजै अछाम गएका छन् । उनको साथमा सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed