Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ माघ ०५, मुम्बई – बलिउडको कमेडी ‘हेरा फेरी’ लोकप्रिय फिल्ममध्ये एक हो । अक्षय कुमार, सुनिल सेट्टी र परेश रावलको शीर्ष भूमिका रहेको यो फिल्मलाई दर्शकले खुबै मन पराए । फिल्मको तेस्रो भाग बनाउने तयारी भइरहेको छ । लामो समयदेखि चर्चा भए पनि तेस्रो भाग बन्न सकेको छैन । यसअघि दुई भागले भने दर्शकलाई खुबै हँसाएका थिए । यसैबीच, अभिनेता सुनिल सेट्टीले ‘हेरा फेरी ३’ बन्ने र यो अहिले प्रक्रियामा रहेको बताएका छन् ।

‘यो फिल्म बन्छ, पक्का बन्छ, फिल्ममा हामी तीनकै शीर्ष भूमिका हुनेछ किनकि, हामीलाई पनि चासो छ, केही समस्या थियो तर अब त्यो हटिसकेको छ,’ सुनिलले भने । केही समय पहिले यो फिल्ममा अक्षय कुमार नहुने र अक्षयको सट्टामा जोन अब्राहम हुने चर्चा थियो । तर, सुनिलको भनाइअनुसार यो चर्चा पनि गलत साबित भएको छ । खबरका अनुसार यो फिल्मलाई प्रियदर्शनले निर्देशन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed