Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०२, काठमाडौँ । काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ । सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनामा चालकलाई कारवाही गरिएको हो ।

उक्त अवधिमा झण्डै ४२ हजार जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले दिएको जानकारी अनुसार फुटपाथमा जथाभावी पार्किङ गर्ने पाँच हजार ८१७, जथाभावी हर्न बजाउने एक हजार ५६१, मापसे गरी सवारी चलाउने दुई हजार ७८४, लेन अनुशासन पालना नगर्ने तीन हजार ४१, जथाभावी पिक एण्ड ड्रप गर्ने दुई हजार ४२ र बढी भाडा लिने ८२९ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ।

उक्त समयमा पाँच हजार ६४६ सार्वजनिक भाडाका सवारी चालक र सहचालक, एक हजार ६४४ ट्याक्सी चालक, नौ हजार ७५ मोटरसाइकल चालक, ५७ सरकारी सवारीका चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको छ । यस्तै २१ हजार ३७६ पैदलयात्री, ७१७ सङ्घ संस्थाका सवारी चालक तथा तीन हजार २२० विद्यार्थीलाई पनि सचेत गराइएको महाशाखाले जनाएको छ । अभियान अन्तर्गत जथाभावी बाटो काट्ने एक हजार ६१० पैदलयात्रीलाई तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिइएको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed