![]()
२०७६ माघ ०१, काठमाडौं । प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई जना नेतालाई ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङ छन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले पक्राउ गरेको हो । डंगोललाई अभद्र व्यवहारको कसुर अन्र्तगत बुधबार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । तामाङको भने म्याद थप भइसकेको छैन । उनीहरुको अन्य घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


