Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०१, काठमाडौं – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को टिजर रिलिज भएको छ । फागुन २ गतेबाट रिलिज हुने पक्का भइसकेको यो फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो । सौरभ चौधरी निर्देशित फिल्मको टिजरमा प्रेम देख्न सकिन्छ । टिजरमा सुशील श्रेष्ठ र रुविना थापालाई देख्न सकिन्छ । फिल्ममा पनि यी दुईले शीर्ष भूमिका निभाएका छन् । प्रणय दिवसको अवसर पारेर रिलिज हुन लागेको यो फिल्ममा प्रेमकथामा आधारित छ ।

फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । यस्तै फिल्ममा सुशील र रुविनासँगै विश्वजित रिमालको पनि शीर्ष भूमिका रहेको छ । सिनेमाको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । साहिल खान सह–निर्देशक रहेको सिनेमामा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । यस्तै फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed