Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०१, हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा एक समुदायले मनाउने पर्वलाई अर्को समुदायले सम्मान गर्ने प्रचलन रहेको बताएका छन् । मकर सङ्क्रान्ति, माघीजस्ता नाममा मनाइने विभिन्न समुदायको प्रमुख चाडका रुपमा रहेको माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशन गरी उनले नेपाललाई विविधताका बीचमा एकता भएको देशका रुपमा व्याख्या गरेका छन् ।

सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गरिएको छ । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच एकता भएको देश हो’, सन्देशमा भनिएको छ । ‘माघे सङ्क्रान्ति’, ‘मकर सङ्क्रान्ति’, ‘माघी’ इत्यादी नामले चिनिने नेपालीको एक प्रमुख चाड हो । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा माघे सङ्क्रान्ति पर्व सबैले मनाउने गरेको पाइन्छ ।

तराईका जिल्लामा मैथिलीले ‘तिला सङ्क्रान्ति’ पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लडडुुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ । सांस्कृतिकरुपमा नेपालमा मनाइने हरेक पर्वले विशेष महत्व बोकेका छन । एक समुदायले अर्को समुदायले मनाउने पर्वलाई सम्मान गर्ने प्रचलन पुरानो हो । ‘हामीले यस्तो परम्परा भविष्यसम्म पनि अनुशरण गर्दै जानुपर्छ, सम्पूर्ण वाग्मती प्रदेशवासीलाई माघे सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed