Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २७, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले १३ औं मिनेटमा निर्णायक गोल गरे ।

फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्सको यो पहिलो जित हो । अघिल्ला ५ खेलमा फ्रेन्ड्सले ३ बराबरी र २ हार व्यहोरेको थियो । फ्रेन्ड्सले ६ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed