Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २३, काठमाडौं । थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोलले हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लिएको हो । ललितपुर डर्बीमा ब्रिगेडलाई हराउन थ्रीस्टारका सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले गोल गरे । ब्रिगेडका रोशन रानामगरले सान्त्वना गोल फर्काए ।

थ्रीस्टारका लागि सुशान्तले १४ औं मिनेटमा पहिलो गोल गरेका थिए । ४१ औं मिनेटमा रक्षक अनन्तले हेड गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा हम्जातले गोल गर्दै थ्रीस्टारलाई थप बलियो बनाए । ब्रिगेड ६६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । थ्रीस्टारका अशोक खवासलाई फल हानेपछि ब्रिगेडका दिपकराज सिंहले रातो कार्ड पाए । १० खेलाडीमा समेटिएपनि ब्रिगेडले ८९औं मिनेटमा एक गोल फर्काएको थियो । ब्रिगेडका रोशन रानामगरले गोल गरे ।

जितसँगै थ्रीस्टारले पाँच खेलबाट १० अंक बनाएको छ । शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको ११ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि १० अंक छ । समान खेलबाट ६ अंक बनाएको ब्रिगेड ब्वाइैज सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed