Breaking News.... EverestOnlineKhabar
July 30, 2026

इराकमा रहेको अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला

Loading

इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ । इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा आक्रमण भएको अमेरिकाले जनाएको छ । क्षेप्यास्त्र आक्रमण के कस्तो क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

‘इराकमा रहेको अमेरिकी ठेगानाहरुमा आक्रमणको रिपोर्टहरुको बारेमा हामी जानकारी छौँ । राष्ट्रपतिलाई यसबारे जानकारी गराइएको छ । वहाँले पछिल्लो अवस्थालाई नजिकबाट नियाली रहनुभएको छ र राष्ट्रिय सुरक्षा टोलीसँग सल्लाह गरिरहनुभएको छ,’ ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले एक वक्तव्य मार्फत जानकारी दिएकी छिन् । यता, इरानको रिभोलुसनरी गार्डले सुलेमानीको हत्याको जवाफमा मिसाइल हमला गरेको बताएको छ ।

‘हामी ‘आतंकवादी सेनालाई’ बेस बनाउन दिएका सबै अमेरिकी सहयोगीहरुलाई चेतावनी दिन चाहन्छौँ, इरानविरुद्ध आक्रामक कार्यको सुरुवात गर्ने विन्दुको कुनै पनि क्षेत्रलाई निशाना बनाइनेछ,’ इरानको राज्यद्वारा सञ्चालित आइआरएनए न्युज एजेन्सीद्वारा प्रशारित रिभोलुसनरी गार्डको वक्तव्यमा भनिएको छ । इरानका विदेशमन्त्री जाभेद जारिफले पछि सामाजिक सञ्जाल ट्वीटरमा वक्तव्य जारी गर्दै उक्त आक्रमण आत्मरक्षाको लागि भएको र इरानले युद्धको अवस्थालाई थप बढावा दिन नचाहेको स्पष्ट पारेका छन् ।

त्यसको केही बेरपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै ‘सबै कुरा ठीक रहेको’ र सम्भावित क्षतिबारे मूल्याङ्कन गरिनसकेको बताए । यसबारे बिहान वक्तव्य जारी गरिने पनि उनले जानकारी दिएका छन् । सुलेमानीको अन्तेष्टिको केही घण्टापछि अल असादमा पहिलो क्षेप्यास्त्र हमला गरिएको थियो । त्यसको केही समयपछि नै इर्बिलमा पनि क्षेप्यास्त्र प्रहार गरिएको थियो । मङ्गलबार मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट सेना हटाउन देशका लागि ठूलो नोक्सानी हुने बताएका थिए । अमेरिकी सेना इराकबाट बाहिरिने सेनाको पत्र जारी भएपछि ट्रम्पले सो कुरा बताएका थिए । इराकमा अमेरिकाको करिब ५ हजार सेना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.