Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २२, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको अष्ट्रेलिया भ्रमण नै विवादमा मुछिएका बेला उनको नेतृत्वमा सिड्नीमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष सम्बन्धी र्यालीलाई त्यहाँका सुरक्षा निकायका अधिकारीहरुले रोक लगाएका छन् । डढेलोको समस्या झेलिरहेको अष्ट्रेलियामा यही बेला नेपाल भ्रमण वर्षको प्रचारप्रचारका लागि नेपालबाट उच्चस्तरीय भ्रमण गर्न नहुने सुझाव आएपनि त्यहाँ पुगेका मन्त्री भट्टराईको नेतृत्वमा निकालिएको र्याली पूर्व अनुमति नलिएको भन्दै त्यहाँका सुरक्षा अधिकारीले रोक लगाएका हुन् ।

र्यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो । न्यू साउथ वेल्स प्रहरीका अनुसार पूर्वअनुमति नलिएर्को याली व्यवसायीक लाभका लागि मात्रै भएकोले रोक लगाइएको हो । अनुमतिबिना र्याली निकाल्दा पैदलयात्रीलाई असर पर्ने भएकाले त्यसमा रोक लगाइएको अष्ट्रेलियन प्रहरीको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed