Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

विजयले अभिनय गरेका अधिकांश चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गर्छ । यसैले पनि तमिल चलचित्रका निर्माता विजयलाई चलचित्रमा लिनका लागि हानथाप गर्ने गर्छन् । उनै, विजयले एक चलचित्रका लागि निकै नै महंगो पारिश्रमिक लिएको खबर सार्वजनिक भएको छ । भारतीय अनलाइन दैनिक भाष्करका अनुसार, विजयले चलचित्र ‘थलपथी ६५’का लागि एक सय करोड पारिश्रमिक लिएका छन् । यसअघि नायक रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिएको चर्चा थियो ।

सन पिक्चर्सले निर्माण गर्न लागेको चलचित्रमा महंगो पारिश्रमिक लिएसँगै विजयको चर्चा चुलिएको छ । सन पिक्चर्सले विजयलाई ५० करोड रुपैयाँ दिइसकेको छ । यो चलचित्रका लागि वेत्रिमारनलाई निर्देशकको रुपमा लिने तयारी सन पिक्चर्सको छ । विजय अहिले चलचित्र ‘मास्टर’को छायांकनमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed