Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस २०, मुग्लिन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रममा उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे । उनले भने, “ शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस् । सबै सरकारलाई सघाउनुपर्छ । सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ । ”

प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउाँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताइन् । विसं २०२७ मा स्थापना भएको सो विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै धन्यवाद दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed