![]()
२०७६ पुस १८, काठमाडौं । नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा गरिएको पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।
मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ । यो चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रको ट्रेलरमा नायक विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ । यो चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।


