Breaking News.... EverestOnlineKhabar
April 21, 2026

तोकिएभन्दा कम तौलको सामान विक्री गरेको आरोपमा ब्यापारी पक्राउ

Loading

२०७६ पुस १८, काठमाडौं । उपभोक्तालाई तोकिएभन्दा कम परिमाणको सामग्री दिएर ठगि गरेको आरोपमा पायोनियर इलेक्ट्रिक प्रालीका सन्चालक महेन्द्र सारडा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सारडालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको हो । थापाथलीस्थित अधिकृत विक्रेताको कार्यालयमा आएका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त कार्यालयमा प्रहरीले सिलबन्दी पनि गरेको छ ।

मोरङको टंकिसिनुवारीमा रहेको पायोनियर इलेक्ट्रिक प्रालीले इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर बेचेको आरोप लगाइएको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले सारडा पक्राउ भएको पुष्टी गर्दै एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनीबाटै ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयारी गरेर विक्री हुने गरिएको दावी गरे । यसअघि महाशाखाले ढाला पुरेर उपभोक्तालाई कम परिमाणको सामान दिएको भन्दै टिपर सन्चालकहरुलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed