Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

इरानको कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी बगदाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार यो हमलामा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् । अमेरिकी सेनाले यो हवाई हमला गरेको समाचारहरुमा उल्लेख छ । इरानको कुद्स फोर्सले पनि अमेरिकी हेलिकप्टरले आक्रमण गरेको आरोप लगाएर जनरल सोलेमानीको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् १९९८ देखि मेजर जनरल कासेम सोलेमानीले इरानको कुद्स फोर्सको नेतृत्व लिएका थिए । उनले सिरियाली गृहयुद्धमा बशर अल–असादको इरानी समर्थित सरकार र इराकमा इस्लामिक स्टेट (आईएस) समूहकाविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनरल सोलेमानी इरानी शासन प्रणालीमा अत्यन्त महत्वपूर्ण व्यक्तित्व मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed