Breaking News.... EverestOnlineKhabar
September 25, 2026

Loading

२०७६ पुस १७, जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक नबस्दै सूचना निकालेर पुस २४ गतेसम्मका लागि बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहका अनुसार बैठक अब पुस २४ गते दिउँसो १ बजे बस्ने छ । यस भन्दा पहिले सोमबार र मंगलबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अबरुद्ध गरेका थिए । उनीहरुले उपभोक्ता समिति मार्फत भएको विकास निर्माणको भुक्तानी, जनता आवास, माननीयहरुको संसदीय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा मुख्यमन्त्री लालबाबु राउत स्वयं सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed